उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामालाई थुनामुक्त गर्न आदेश दिएको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो।

उनीहरुको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख १२ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

उनीहरुलाई पक्राउ नगर्न उच्च अदालतले दिएको अन्तरिम आदेशको प्रतिकूल हुनेगरी पक्राउ गरिएको भन्दै सर्वोच्चले बिनाशर्त उनीहरुलाई रिहा गर्न आदेश गरेको छ।

सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीच एमसीसी पारित गर्न सहयोग गर्ने सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो।

यस्तो छ आदेश

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ३७ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट