विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मृत्यु « Khabarhub

विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गएराति मस्तिष्काघातका कारण मृत्यु भएको छ ।

पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो ।

भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्‍ याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।

नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताइन् । उनको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरिएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ३० बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट