अमरीश पुरीको यस्तो रिस « Khabarhub

अमरीश पुरीको यस्तो रिस


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा भिलेनको कुरा गर्दा सदा सम्झिरहने नाम हो, अमरीश पुरी । यी अभिनेता भिलेनमा जति लोकप्रिय थिए, भिलेनबाहेक अन्य चरित्रमा पनि उत्तिकै यादगार थिए ।

यिनै अमरीशको बारेमा एक किस्सा दैनिक भास्करले प्रकाशन गरेको छ । उनको किस्साको बारेमा अमरीशका नाति वर्धन पुरीले बताएका छन् ।

उनका अनुसार एक फिल्मको सुटिङको समयमा एक अभिनेता आफूले बोल्ने संवादलाई सही किसिमले सम्झन सकेका थिएनन् । अमरीशको त्यो दिन केवल १५ मिनेटको मात्र सिन थियो । उनी सिन दिनका लागि पूर्ण रुपमा तयार थिए ।

तर ती सह–अभिनेताले आफ्नो सिन पुरा गर्न सकिरहेका थिएनन् । त्यो समयमा अमरीशले करिब चार घण्टासम्म आफ्नो पालो पर्खिए । चार घण्टामा पनि सह–अभिनेताले संवाद बोल्न नसकेपछि उनी निकै रिसाए । उनले असिसटेन्टलाई यो कुरा भने पनि असिसटेन्ट पनि उत्तरविहिन थिए ।

त्यसपछि उनी रिसाएर सुटिङ सेट छोडेर निस्किए । सेटमा रहेका सतीशले अमरीशलाई सबै कुरा सम्झाएर उनको रिस शान्त पारे । रिस शान्त भएपछि अमरीश सेटमा आएर आफ्नो भागको काम पुरा गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : १५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर