भारतमा  थप १ लाख १ हजारमा संक्रमण « Khabarhub

भारतमा  थप १ लाख १ हजारमा संक्रमण


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ  ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १ हजार २३३  जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ४४५ मा झरेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ६ : ४० बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।