ज्येष्ठ नागरिकलाई लगाइँदै चिनियाँ खोप, कुन उमेरकालाई कहिले ? (तालिकासहित) « Khabarhub

ज्येष्ठ नागरिकलाई लगाइँदै चिनियाँ खोप, कुन उमेरकालाई कहिले ? (तालिकासहित)


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले काठमाडौँका ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएको छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गोकर्णको सहयोगी माविमा र चामुण्डा मावि नारायणटारमा रहेको खोप केन्द्रबाट खोप दिइने बताएका छन् ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ ।

महानगरपालिकामा उमेर अनुसार तालिका

काठमाडौँ महानगरपालिकाले पनि ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेल लगाउने भएको छ ।

मंगलबारदेखि ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइने महानगरपालिकाले जनाएको छ । त्यसका लागि उसले उमेरअनुसार खोप लगाउँने दिन तोकेको छ ।

जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।

खोप महानगरका ३२ वटै वडा कार्यालयका केन्द्रमार्फत उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना