ज्येष्ठ नागरिकलाई लगाइँदै चिनियाँ खोप, कुन उमेरकालाई कहिले ? (तालिकासहित) « Khabarhub

ज्येष्ठ नागरिकलाई लगाइँदै चिनियाँ खोप, कुन उमेरकालाई कहिले ? (तालिकासहित)


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले काठमाडौँका ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएको छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गोकर्णको सहयोगी माविमा र चामुण्डा मावि नारायणटारमा रहेको खोप केन्द्रबाट खोप दिइने बताएका छन् ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ ।

महानगरपालिकामा उमेर अनुसार तालिका

काठमाडौँ महानगरपालिकाले पनि ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेल लगाउने भएको छ ।

मंगलबारदेखि ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइने महानगरपालिकाले जनाएको छ । त्यसका लागि उसले उमेरअनुसार खोप लगाउँने दिन तोकेको छ ।

जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।

खोप महानगरका ३२ वटै वडा कार्यालयका केन्द्रमार्फत उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : १५ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र