मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड « Khabarhub

मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकताको प्रयास असफल हुनुमा आफूलाई दोषारोपण गरेकोमा भर्त्सना गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको भनाइ झुठ, भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिँदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए ।

ओलीले हिजो जारी गरेको ‘नेकपा एमालेको एकताको लागि आह्वानमा’ भनेका थिए, ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैँ पहल पनि लिएको हुँ । तर पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाको कारण मेरो प्रयास सफल हुन सकेन ।’

ओलीको सोही अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीच पनि आज भएको भेटवार्तामा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : ४४ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका