मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड « Khabarhub

मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकताको प्रयास असफल हुनुमा आफूलाई दोषारोपण गरेकोमा भर्त्सना गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको भनाइ झुठ, भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिँदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए ।

ओलीले हिजो जारी गरेको ‘नेकपा एमालेको एकताको लागि आह्वानमा’ भनेका थिए, ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैँ पहल पनि लिएको हुँ । तर पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाको कारण मेरो प्रयास सफल हुन सकेन ।’

ओलीको सोही अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीच पनि आज भएको भेटवार्तामा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : ४४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको