मन्त्रिपरिषद् विस्तार बदरको मागसहित सर्वोच्चमा रिट दायर « Khabarhub

मन्त्रिपरिषद् विस्तार बदरको मागसहित सर्वोच्चमा रिट दायर


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदातलमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामचलाउन सरकारले गरेको मन्त्रिपरिषद विस्तार संविधान विपरित भएको भन्दै रिट दायर गरेका हुन्।

रिटमा मन्त्रिपरिषद विस्तार बदर गर्न माग गरिएको छ। उक्त रिटको मंगलबार भिडियो कन्फरेन्समार्फत सुनुवाई हुनेछ ।

उनले प्रधानमन्त्रीको उक्त कार्यले संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुँदा मूद्दाको अन्तिम किनारा नलागेसम्म नव नियुक्त उपप्रधानमन्त्र तथा मन्त्रीहरुलाई सो हैसियतले (उपप्रधानमंत्री वा मन्त्रीको हैसियतले) कुनै पनि कार्य नगर्न/नगराउन माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाका १० र नेकपा एमालेका २ जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका थिए।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ३७ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि