माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री « Khabarhub

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीविरुद्ध लड्न नेकपा (माओवादी केन्द्र)ले सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री पठाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामाग्री पठाएको हो ।

पार्टी केन्द्रको नाममा आएको विभिन्न संघसंस्थाहरु तथा चीन सरकारले दिएको स्वास्थ्य सामाग्री प्रदेश कमिटीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेका हुन् ।

चीन सरकारबाट प्राप्त एक लाख माक्स र २० थान अक्सिजन जेनेरेटर माओवादी केन्द्रको पार्टी कमिटीमार्फत वितरण गर्ने तयारी गरिएको छ ।

त्यस्तै माओवादीको प्रवास कमिटीको तर्फबाट एन्टिजेन किट, थर्मलगन, अक्सिमिटर, अक्सिजन सिलिण्डर (खाली तथा भरिएको), पीपीई, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

विभिन्न दाताहरुले उपलब्ध गराएको स्वास्थ्य सामाग्री पार्टीको तर्फबाट जम्मा गरेर प्रदेश कमिटीमार्फत सबै जिल्लाहरुका लागि वितरण गर्ने माओवादी जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : २१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको