बारामा ४९ केजी गाँजासहित तीन जना पक्राउ « Khabarhub

बारामा ४९ केजी गाँजासहित तीन जना पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारामा ४९ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् ।

सोमबार बेलुका महागढीमाई नगरपालिका–२ स्थित इनर्वा चोकबाट ४९ केजी गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेका छन् ।

बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना.२ ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको जनाएको छ । हाल उनीहरुलाई बारा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ३० बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको