स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी सुदूरपश्चिम प्रदेशले बजेट ल्याउने « Khabarhub

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी सुदूरपश्चिम प्रदेशले बजेट ल्याउने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को पूर्व बजेट छलफलका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पुर्‍याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिएको जानकारी दिए ।

उन पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास,निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सिर्जना,कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, प्रदेश पूर्वाधार आयोजना कार्यान्वयनमा आगामी बजेटले प्राथमिकता दिने बताए ।

‘‘कोरोना महामारीका कारण नागरिकको जीवन रक्षा गर्न प्रवर्द्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक लगायतलाई विशिष्टिकृत गर्ने तर्फ पनि बजेट परिलक्षित हुनेछ,’’उनले भने,‘‘स्वदेश र विदेशमा रोजगार गुमाएका नेपाली लक्षित विषेश प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।’’

बैठकको विषेश समयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उपप्रधानमन्त्री राजेन्द्र महतोले हाल दिनुभएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गरे ।

प्रदेशसभाको दोस्रो बैठकमा आव २०७८/०७९ को पूर्व बजेट माथि छलफल शुरु भएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ४५ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित