विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने « Khabarhub

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी विश्वविद्यालयमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोना महामारीका कारण इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

कोरोनाको जटिल परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

यही असार २१ गते भएको आयागको बैठकले विद्यार्थीहरुलाई नेपालमा नै इन्टर्नसिप गर्न दिने निर्णय गरेको हो। विद्यार्थीहरुले अनलाइन आवेदन असार २४ देखि र साउन ५ गतेसम्म दिन सक्ने छन् । आवेदन शुल्क एक हजार पाँच सय लाग्ने आयोगले जनाएको छ ।

आवेदन दिन स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू आवश्यक पर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ५७ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा