प्रदेश २ प्रदेशसभा बैठक आज पनि स्थगित, २५ गतेसम्म सारियो | Khabarhub Khabarhub

प्रदेश २ प्रदेशसभा बैठक आज पनि स्थगित, २५ गतेसम्म सारियो


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक फेरि सारिएको छ ।

प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

गत असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका थिए ।

उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, सहमति नजुट्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक हुनेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : १४ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर- यहाँको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान

देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका

जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री खरेल

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ