उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता | Khabarhub Khabarhub

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनी हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए ।

कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताए ।

सम्पर्कविहीन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तीव्र पारेको उनको भनाइ छ । ‘‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजीकार्य भइरहेको छ’’, एसपी खनालले भने, “अहिलेसम्म फेला पार्न सकिएको छैन ।”

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : २९ बजे

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि जगदीश खरेलको पहिलो निर्णयका रुपमा

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन,

नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हाद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय

असोजको अन्तिम साता मात्रै काठमाडौंमा मेलम्चीको पानी आउने

तकाठमाडौं– काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको