एमाले कार्यदल निष्कर्ष उन्मुख, भोलिसम्म ठोस निर्णयमा पुग्ने सहमति « Khabarhub

एमाले कार्यदल निष्कर्ष उन्मुख, भोलिसम्म ठोस निर्णयमा पुग्ने सहमति


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीभित्रको विवाद समाधानमा सक्रिय एमालेको कार्यदलमा जारी छलफल निष्कर्ष उन्मुख भएको नेताहरूले बताएका छन् ।

विवाद समाधानका लागि आज पनि सिंहदरबारमा भएको कार्यदल बैठक सकिएको छ । कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख भएको र भोलिसम्म टुंगोमा पुग्ने बताए ।

कार्यदल सदस्य तथा एमाले सचिव गोकर्ण विष्टले दिएको जानकारी अनुसार नेकपा एमालेको पूर्ववत कमिटी ब्युँताउने विषयमा सहमति जुटिसकेको छ भने अदालतमा विचाराधिन मुद्दा र संसद विघटनका बारेमा समेत साझा धारणा तय गर्ने विषयमा छलफल जारी छ ।

सचिव विष्टले पार्टी संगठनलाई पहिलाकै अवस्थामा फर्काउने विषयमा सहमति जुटिसकेको र माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुका बारेमा समेत व्यवस्थापनको विषयमा करिब करिब सहमति जुटेको बताए । उनले भने, ‘धेरै बुँदामा सहमति नजिक पुगेका छौँ । पार्टी र जनवर्गीय संगठनलाई पूर्ववत बनाएर क्रियाशिल बनाएर जाने सन्दर्भमा केही समयअघि नै सहमतिका पुगेका थियौँ । लामो समयको विवादलाई समाधानमा ल्याउनका लागि अनौपचारिक/औपचारिक प्रयत्न आवश्यक पर्दारहेछन् ।’

एमालेभित्रको विवादका समाधानका लागि सहमति उन्मुख भइसकेको भन्दै उनले भने, ‘आज कार्यदलको तेस्रो बैठकसम्म आइपुग्दा कुन–कुन मुद्दामा विवाद देखापरेको थियो । ती विवादमा समाधान खोज्ने कुरामा झण्डै झण्डै निष्कर्षमा पुगिरहेका छौँ । पार्टीलाई एकताबद्ध बनाउने विषयमा बैठक सकारात्मक भएको छ ।’

कार्यदलको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । कार्यदलमा सहमति जुटेपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका बीचमा समेत भेटवार्ता हुने कार्यदल सदस्य समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिए । उनले भोलिको बैठक निर्णायक र अन्तिम हुने आशा रहेको भन्दै भने, ‘कार्यदलमा सहमति कायम भएपछि यसक्रममा आवश्यक पर्दा दुईजना नेताहरू भेट्नुहुन्छ । भोलिको बैठक अन्तिम हुनेमा म आशावादी छु ।’

कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए । एमालेको विवाद समाधानका लागि गठन भएको तर निस्क्रिय रहेको कार्यदल गत सोमबार ब्युँतिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : ४५ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।