मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर डिसेम्बर अन्त्यसम्म थप « Khabarhub

मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर डिसेम्बर अन्त्यसम्म थप



दोहा– कोरोना महामारीका कारण मलेसियाले गैरकानुनी रूपमा बसिरहेका नेपाली कामदारलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समयअवधि थप गरेको छ ।

मलेसियाले गैरकानुनी कामदारहरुका लागि सञ्चालन गरिरहेको ‘रिक्यालिब्रेसन’ कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म अर्थात ३१ डिसेम्बरसम्मका पुर्‍याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थप गर्न अनुरोध गरेको दूतावासले जनाएको छ ।

मलेसियामा गैरकानुनी रुपले बसेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि त्यहाँको सरकारले दुई वटा विकल्प दिएको थियो ।

पहिलो विकल्पमा गैरकानुनी नेपालीले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै वैधानिक भएर काम गर्न सक्ने र अर्को चाहिँ सहुलियत दरको जरिवाना तिरेर आफ्नो देश फर्कन सक्ने थियो ।

घर फर्कन चाहने श्रमिकले पाँच सय रिंगेट तिरेर स्वदेश फर्कन सक्ने दूतावासले जनाएको छ । यो कार्यक्रमका बारेमा थप जानकारीका लागि ६०३२०२०१८९८ नम्बरमा सम्पर्क गरी बुझ्न सकिने समेत दूतावासले जनाएको छ ।

त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो समय मलेसियामा रिहाईरिङ कार्यक्रम मार्फत पुनः भिसा लगाएर मलेसियामै बस्न र काम गर्नको लागि झन्डै २ लाख भन्दा बढी विदेशी श्रमिकहरुले आवेदन दर्ता गरेका छन् ।

विभिन्न देशको गरेर १ लाख बढी गैरकानुनी रुपमा बसेका श्रमिक स्वदेश फर्किसकेको जनाइएको छ भने अन्य धेरै श्रमिकहरु अझै फर्किने प्रक्रियामै रहेको बताइएको छ ।

यस्तो छ घर फर्कने प्रक्रिया

दूतावासका अनुसार अनलाइन अपोइन्टमेन्ट लिनु पर्नेछ । आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिँधै यो अपोइन्टमेण्ट लिन सकिने दूतावासले जनाएको छ ।

नभएको खण्डमा दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसिया सरकारले तोकेको पाँच सय रिंगेट जरिवाना तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : ०९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना