माओवादी केन्द्रविरुद्ध उजुरी दिन बादल समूह निर्वाचन आयोगमा « Khabarhub

माओवादी केन्द्रविरुद्ध उजुरी दिन बादल समूह निर्वाचन आयोगमा


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् ।

माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा (बादल) सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन पुगेका हुन् ।

‘बादल’ सहित लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका छन् ।

२०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको बादल समूहको दाबी छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएका थिए ।

माओवादी केन्द्र र एमाले ब्युँतिएसँगै एमालेतिर लागेका तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

पार्टीले कारबाही गरेसँगै उनीहरु पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै