रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पेन्सिल
विश्वप्रसिद्ध चित्रकार पावलो पिकासोको पहिलो नाम (पावलो) को अर्थ स्पेनिस भाषामा पेन्सिल हुन्छ ।

२. इलेक्ट्रिक शब्द
सन् १६०० सालतिरका डाक्टर विलियम गिल्बर्टले पहिलोपटक इलेक्ट्रिक शब्द प्रयोग गरेका थिए । उनी बेलायती महारानी एलिजाबेथ प्रथमका पर्सनल डाक्टर थिए ।

३. बिग्रको अण्डा
कुखुराको अण्डा बिग्रको हो कि होइन या पुरानो हो कि होइन भनेर थाहा पाउन तपाईंले कुनै भाँडोमा चिसो पानी भर्नुहोस् र नुन घोल्नुहोस् । त्यस नुनपानीमा अण्डा हाल्नुहोस् । यदि त्यो अण्डा तीस सेकेण्डभित्र माथि तैरिन आयो भने त्यो अण्डा बिग्रेको या पुरानो हो भनी मानिदिनुभए हुन्छ ।

४. कोड नम्बर
हिउँ नै हिउँले ढाकिएको अन्टार्कटिका महादेश अन्तर्राष्ट्रिय टेलिपोन कोड नम्बर ६७२ हो ।

५. ठूलो माकुरा
Goliath Bird-Eating संसारकै सबैभन्दा ठूलो माकुरा हो । यसले चरा पनि खाने गर्छ । यो दक्षिण अमेरिकामा पाइन्छ । यसको एकापट्टिको खुट्टाको टुप्पादेखि अर्कोपट्टिको खुट्टाको टुप्पासम्म नाप्दा ११ इन्च लामोसम्म हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ०३ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले