रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पेन्सिल
विश्वप्रसिद्ध चित्रकार पावलो पिकासोको पहिलो नाम (पावलो) को अर्थ स्पेनिस भाषामा पेन्सिल हुन्छ ।

२. इलेक्ट्रिक शब्द
सन् १६०० सालतिरका डाक्टर विलियम गिल्बर्टले पहिलोपटक इलेक्ट्रिक शब्द प्रयोग गरेका थिए । उनी बेलायती महारानी एलिजाबेथ प्रथमका पर्सनल डाक्टर थिए ।

३. बिग्रको अण्डा
कुखुराको अण्डा बिग्रको हो कि होइन या पुरानो हो कि होइन भनेर थाहा पाउन तपाईंले कुनै भाँडोमा चिसो पानी भर्नुहोस् र नुन घोल्नुहोस् । त्यस नुनपानीमा अण्डा हाल्नुहोस् । यदि त्यो अण्डा तीस सेकेण्डभित्र माथि तैरिन आयो भने त्यो अण्डा बिग्रेको या पुरानो हो भनी मानिदिनुभए हुन्छ ।

४. कोड नम्बर
हिउँ नै हिउँले ढाकिएको अन्टार्कटिका महादेश अन्तर्राष्ट्रिय टेलिपोन कोड नम्बर ६७२ हो ।

५. ठूलो माकुरा
Goliath Bird-Eating संसारकै सबैभन्दा ठूलो माकुरा हो । यसले चरा पनि खाने गर्छ । यो दक्षिण अमेरिकामा पाइन्छ । यसको एकापट्टिको खुट्टाको टुप्पादेखि अर्कोपट्टिको खुट्टाको टुप्पासम्म नाप्दा ११ इन्च लामोसम्म हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ०३ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर