तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल « Khabarhub

तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशूली, मर्स्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ ।

कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ३० बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल