मनीषाले सम्झिइन् दिलीप कुमार « Khabarhub

मनीषाले सम्झिइन् दिलीप कुमार


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुधबार बिहान निधन भएका बलिउड अभिनेता दिलीप कुमारप्रति बलिउड फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत दिलीपको स्मरण गरेकी छन् ।

‘उहाँसँग अभिनय गर्न पाउनु मेरा लागि एउटा भाग्य र आशिर्वाद नै थियो । हामीले सबैभन्दा सम्मानित व्यक्तिलाई गुमायौं । उहाँको स्थानसम्म पुग्न कोही छैनन्’, फिल्म ‘सौदागर’को पोस्टर राख्दै मनीषाले ट्वीटेकी छन् ।

मनीषाले सन् १९९१ मा फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्ममा दिलीप कुमार, राज कुमार, मनीषा कोइराला, विवेक मुसरन, अमरीश पुरीलगायतका कलाकारको अभिनय थियो । फिल्मका निर्देशक सुभाष घई हुन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ३५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय