बढ्न थाले संक्रमित, २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना पुष्टि « Khabarhub

बढ्न थाले संक्रमित, २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना पुष्टि


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि हिजो मंगलबार १ हजार ७१८ जनामा कोरोना पुष्टि भएकोमा आज बढेर २ हजार ९७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या पनि आज बढेको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ३२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत