नेकपा (माओवादी केन्द्र) खारेजीको माग, दर्ता नै नभएको र निर्वाचन आयोगलाई ढाँटेको आरोप | Khabarhub Khabarhub

नेकपा (माओवादी केन्द्र) खारेजीको माग, दर्ता नै नभएको र निर्वाचन आयोगलाई ढाँटेको आरोप


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको संविधान र राजनीतिक दलसम्बन्धी दल, २०७३ अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दर्ता नरहेको जिकर गर्दै खारेजीका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

कमलामाई नगपालिका–१०, सिन्धुली (हाल कागेश्वरी नागरपालिका–७, काठमाडौँ) ठेगाना भएका अधिवक्ता सरोज बुढाथोकीले उक्त निवेदन निर्वाचन आयोगमा बुधबार दर्ता गराएका हुन् ।

निवेदनमा संविधान र कानून बमोजिम नेकपा (माओवादी केन्द्र) को दलीय हैसियत समाप्त भएको जिकिर गरिएको छ । निवेदनमा उल्लेख भएअनुसार २०६९ माघयता उक्त दलको महाधिवशेन भएको छैन । दलको विधानमा पाँच वर्षमा महाधिवेशन हुनुपर्ने र विशेष परिस्थितिमा दुई वर्ष पर सार्न सकिने व्यवस्था रहेको भनिएको छ ।

संविधान अनुसार ५ वर्षमा महाधिवशेन हुनुपर्छ । विशेष परिस्थितिमा ६ महिना पर सार्न सकिन्छ ।

अध्यक्ष प्रचण्डले २०७३ जेठ ६ मा विभिन्न १० पार्टी एकीकृत भएको जानकारी निर्वाचन आयोगलाई गराउँदै २०७३ सालभित्र महाधिवेशन गराउने प्रतिबद्धता जनाएको निवेदनमा उल्लेख गरिएको छ ।

उक्त एकीकरणपछि राजनीतिक दल सम्बन्धी ऐन, २०५८ विपरीत दल दर्ता गरेको र नेकपा (माओवादी) केन्द्रले दलको कार्यकारी निकाय बारे निर्वाचन आयोगलाई ढाँटेको आरोप निवेदकले लगाएका छन् ।

२०७३ जेठ ६ मा भएको एकता अधिवेशनलाई नै महाधिवेशन भनेर आयोगलाई ढाँटेको र गोलाकारभित्रको हँसिया हथौडा अङ्कित निर्वाचन चिह्नमा पनि ढाँटेको आरोप निवेदकले लगाएका छन् ।

केन्द्रीय सदस्य संख्या २२२ भनेर निर्वाचन प्रयोजनका लागि २०७४ भदौ ९ मा निर्वाचन आयोगमा बुझाएको विवरण पनि झुटो रहेको निवेदकको आरोप छ ।

निवेदकको जिकिर अनुसार २०६९ यता नेकपा (माओवादी केन्द्र) को महाधिवेशन भएको छैन ।

निवेदकले नेपालको संविधानको धारा २६९ को उपधारा ४(ख) अनुसार र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १३(१) अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दर्ता नै नहेको जिकिर गर्दै खारेजीको माग गरेका छन् ।

यस्तो छ निवेदन

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ४५ बजे

५५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू

वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण पुरातत्व विभागले

कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक

काठमाडौं – बलिउड हाँस्य कलाकार कपिल शर्मा टेलिभिजनबाट विश्राम लिइ

अर्को साता इरान र अमेरिकाको वार्ता

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता इरान भ्रमण

केही भूभागमा ठूलो वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि

तेहरान – इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु