एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता शुरू « Khabarhub

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता शुरू


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ ।

नक्सालस्थित मेरियट होटलमा केहीबेरअघि शुरु भएको वार्तामा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् । छलफलका लागि नेता नेपाल पहिला नै पुगेका थिए भने अध्यक्ष ओली केहीबेरपछि मेरियट होटल पुगेका थिए ।

यसअघि अध्यक्ष ओलीसँग भेट गर्न नमानेका नेता नेपाल भेटका लागि सहमत भएपछि दुई नेताबीच वार्ता शुरू भएको हो ।

यसअघि आजै बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरुले विवाद समाधान उन्मुख भएको दाबी गरेका थिए ।

छलफलपछि एमाले नेता सुवास नेम्वाङले आवश्यकताअनुसार अध्यक्ष ओली र नेता नेपालबीच पनि छलफल हुनसक्ने जानकारी दिएका थिए ।

पछिल्लो पटक गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ४७ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।