निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीको चेतावनी « Khabarhub

निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीको चेतावनी


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेन स्पष्ट पारेका हुन् ।

उनीहरुले निगमलाई धरासयी बनाएको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् । ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी घाइते बनाएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले कर्मचारीलाई प्रहरी लगाएर कार्यालयबाट निकालिएको बताए । केही बर्षसम्म नाफामा चलिरहेको निगमलाई घाटामा लैजाने काम व्यवस्थापनमा रहेका व्यक्तिहरुले गरेको उनको भनाइ छ । उनले निगमका उच्च पदमा रहेका कर्मचारीले निजी एयरलाइन्ससँग मिलोमतो गरेको र निगमलाई धरासायी बनाएको आरोप लगाए ।

त्यस्तै नेपाल वायु सेवा निगम कर्मचारी संघका अध्यक्ष मान बहादुर कुँवरले निगमको घाटालाई न्युनिकरण गर्ने योजना निगम व्यवस्थापनसँग नभएको जिकिर गरे ।

उनीहरुले निगमको सम्पत्तिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ०१ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल