निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीको चेतावनी | Khabarhub Khabarhub

निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीको चेतावनी


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेन स्पष्ट पारेका हुन् ।

उनीहरुले निगमलाई धरासयी बनाएको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् । ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी घाइते बनाएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले कर्मचारीलाई प्रहरी लगाएर कार्यालयबाट निकालिएको बताए । केही बर्षसम्म नाफामा चलिरहेको निगमलाई घाटामा लैजाने काम व्यवस्थापनमा रहेका व्यक्तिहरुले गरेको उनको भनाइ छ । उनले निगमका उच्च पदमा रहेका कर्मचारीले निजी एयरलाइन्ससँग मिलोमतो गरेको र निगमलाई धरासायी बनाएको आरोप लगाए ।

त्यस्तै नेपाल वायु सेवा निगम कर्मचारी संघका अध्यक्ष मान बहादुर कुँवरले निगमको घाटालाई न्युनिकरण गर्ने योजना निगम व्यवस्थापनसँग नभएको जिकिर गरे ।

उनीहरुले निगमको सम्पत्तिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ०१ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका