बेपत्ता बालक विष्टको अवस्थाबारे छानविन गर्न प्रदेशसभा सदस्यको माग « Khabarhub

बेपत्ता बालक विष्टको अवस्थाबारे छानविन गर्न प्रदेशसभा सदस्यको माग


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य वीरमान चौधरीले असार २१ गतेदेखि हराइरहेका टीकापुर नगरपालिका–१ का बालक विष्ट कसैको अपहरणमा परेको भन्ने आशङ्का गरिएको भन्दै बालकको अवस्थाबारे सत्य तथ्य कुरा जानकारी दिन माग गरे ।

सदस्य लीलाधर भट्टले बैतडीमा निर्माणाधीन सडकमा काम गर्ने मजदूरले पाउनुपर्ने २१ महिनादेखिको पारिश्रमिक र खप्तड पर्यटन विकास समितिका कर्मचारीले पाउनुपर्ने पारिश्रमिकको भुक्तानी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य शान्ति नेपालीले बझाङको खप्तडछान्ना गाउँपालिकाकी २९ वर्षीया महिला सुशीला रोकाया माथि कुटपिट गरी हत्या गरिएको पुष्टि भइसकेको भन्दै यो घटनाको छानबिन गरी दोषीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गए ।

बैठकले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको ‘सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७’ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

यसअघि उक्त विधेयक माथि भएको छलफलमा सदस्य बलबहादुर सोडारी, वीरमान चौधरी, मालामति रानाथारु र गोविन्दराज बोहराले भाग लिएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : १३ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा