ओली-नेपाल वार्ता ‘सकारात्मक’, निस्केन निष्कर्ष (भिडियोसहित) « Khabarhub

ओली-नेपाल वार्ता ‘सकारात्मक’, निस्केन निष्कर्ष (भिडियोसहित)


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भएको वार्ता सकिएको छ ।

वार्ता सकारात्मक भए पनि ठोस सहमति नभएको वार्तामा सहभागी नेताहरुले जनाएका छन् ।

वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।

यसैगरी वार्तामा सहभागी अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो । त्यसपछि ओली-नेपाल वान अन वान वार्तामा बसेका थिए ।

पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ । भोलि बस्ने कार्यदलको बैठकपछि ठोस निष्कर्ष निस्किन्छ ।’

वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी थिए । ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी भएका थिए भने नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

हेरौँ भिडियो

पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।

यसअघि गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५२ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।