अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज बंगलादेशलाई « Khabarhub

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज बंगलादेशलाई


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अष्ट्रेलियाविरूद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ ।

ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो ।

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो ।

यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फर्म्याटको सिरिज जितेको थिएन ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र सीमित रह्यो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना