अवैध खाद्य पदार्थ बरामद « Khabarhub

अवैध खाद्य पदार्थ बरामद


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गतको अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार रु १४ लाख ७५ हजार ९६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक घर्तीले भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका–३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि खाद्यबस्तु, ट्रक र चालक पुनमगरलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताए ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना