मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे « Khabarhub

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा गत आर्थिक वर्ष २०७७/७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् ।

अघिल्लो आव २०७६/७७ को तुलनामा २०७७/७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा सात हजार ९१८ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । साथै सो कार्यालयले गत आवमा नौ हजार ४०० लाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।

त्यसैगरी उक्त कार्यालयमा विगत तीन वर्षको अवधिमा राहदानी लिनेको सङ्ख्यामा कमी आएको छ । गत आव २०७७/७८ मा राहदानी बनाउने साधारणतर्फ तीन हजार ७८० तथा द्रुत सिफारिसतर्फ एक हजार ९३१ रहेको जनाएको छ । राहदानी बनाउन दिएकामध्ये दुई हजार २०९ लाई राहदानी वितरण भएको छ । साथै एक हजार २५६ थान राहदानी वितरण गर्न बाँकी रहेको छ ।

आव २०७६/७७ मा चार हजार ३७४ ले साधारणतर्फ र द्रुततर्फ दुई हजार ९५१ ले राहदानी बनाउने सिफारिस भएको थियो । यस्तै आव २०७५/७६ मा राहदानी बनाउन पाँच हजार ९७२ को साधारण सिफारिस र पाँच हजार ९८ को द्रुत सिफारिस भएको थियो । विगत तीन आवको तुलना गर्दा जिल्लामा राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको कारण वैदैशिक रोजगारीमा जाने वातावरण नबनेको हुनाले राहदानी बनाउनेको सङ्ख्या कमी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : १५ बजे

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय