यार्सागुम्बा लगायतका जडिबुटीसहित एकजना पक्राउ « Khabarhub

यार्सागुम्बा लगायतका जडिबुटीसहित एकजना पक्राउ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा तथा जडिबुटीसहित एक जना पक्राउ परेका छन् ।

यार्सागुम्बा जस्तो देखिने वस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्रामसहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाइ ल्याएको उक्त जडिबुटी फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ५० बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली