त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने | Khabarhub Khabarhub

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको प्रथम वर्षको परीक्षा नरोकिने स्पष्ट पारेको छ । स्नातक प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार (हिजो) सकिएको र अब थोरै विद्यार्थीको मात्र परीक्षा बाँकी रहेकाले परीक्षा नरोक्ने मनस्थितिमा त्रिवि रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनका अनुसार भोलिदेखि विज्ञान र शिक्षाशास्त्र संकायको पनि परीक्षा सकिनेछ । अब मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहने छ । उक्त संकायका परीक्षार्थीको संख्या करिब ३२ हजार मात्र रहेकाले पनि परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक जोशीले बताए ।

यी संकायको परीक्षा पनि आगामी चार दिनमा सकिने भएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरेर भएपनि परीक्षा सक्ने उनले बताए । परीक्षा सकेपछि अर्को शैक्षिक सत्रको पढाइ अघि बढाउन विद्यार्थीहरुलाई पनि सहज हुने भएकाले परीक्षा नरोकिने उनले बताए ।

उनले भने, ‘यसपछि सञ्चालन हुने परीक्षाको विषयमा त्रिविले छलफल गर्ने भएपनि स्नातक प्रथम वर्षको परीक्षा भने सञ्चालन हुन्छ ।’

कोरोना संक्रमण दर बढेको खण्डमा आगामी भदौमा हुने भनिएका परीक्षा स्थगित गर्न सकिने भएपनि स्नातक प्रथम वर्षको परीक्षा नरोकिने उनले स्पष्ट पारे ।

तर राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरेको छ । कक्षा १२ को परीक्षा स्थगित भएसँगै त्रिविका परीक्षार्थीहरुले आफूहरूको परीक्षा के हुन्छ भनेर अन्योलमा परेका थिए । परीक्षार्थीहरुलाई अन्योलमा नरहन भन्दै परीक्षा नियन्त्रक जोशीले स्नातक प्रथम वर्षको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : २९ बजे

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका