त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने « Khabarhub

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको प्रथम वर्षको परीक्षा नरोकिने स्पष्ट पारेको छ । स्नातक प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार (हिजो) सकिएको र अब थोरै विद्यार्थीको मात्र परीक्षा बाँकी रहेकाले परीक्षा नरोक्ने मनस्थितिमा त्रिवि रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनका अनुसार भोलिदेखि विज्ञान र शिक्षाशास्त्र संकायको पनि परीक्षा सकिनेछ । अब मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहने छ । उक्त संकायका परीक्षार्थीको संख्या करिब ३२ हजार मात्र रहेकाले पनि परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक जोशीले बताए ।

यी संकायको परीक्षा पनि आगामी चार दिनमा सकिने भएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरेर भएपनि परीक्षा सक्ने उनले बताए । परीक्षा सकेपछि अर्को शैक्षिक सत्रको पढाइ अघि बढाउन विद्यार्थीहरुलाई पनि सहज हुने भएकाले परीक्षा नरोकिने उनले बताए ।

उनले भने, ‘यसपछि सञ्चालन हुने परीक्षाको विषयमा त्रिविले छलफल गर्ने भएपनि स्नातक प्रथम वर्षको परीक्षा भने सञ्चालन हुन्छ ।’

कोरोना संक्रमण दर बढेको खण्डमा आगामी भदौमा हुने भनिएका परीक्षा स्थगित गर्न सकिने भएपनि स्नातक प्रथम वर्षको परीक्षा नरोकिने उनले स्पष्ट पारे ।

तर राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरेको छ । कक्षा १२ को परीक्षा स्थगित भएसँगै त्रिविका परीक्षार्थीहरुले आफूहरूको परीक्षा के हुन्छ भनेर अन्योलमा परेका थिए । परीक्षार्थीहरुलाई अन्योलमा नरहन भन्दै परीक्षा नियन्त्रक जोशीले स्नातक प्रथम वर्षको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : २९ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना