राजनीति

प्रभु साहको नेतृत्वमा कलैयामा आईटी आर्मीको मोटरसाइकल र्‍याली

By खबरहब

August 07, 2021

बारा– नेकपा एमाले नेता प्रभू साह नेतृत्वको आईटी आर्मीले शनिबार बारा जिल्लाको सदरमुकाम कलैयामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।

शनिबार आईटी आर्मीका कार्यकर्ताहरुले​ मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । आईटी आर्मीको जिल्ला भेला अघि मोटरसाइकल र्‍याली निकालिएको हो ।

प्रदर्शनमा सयौं आईटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । साहको नेतृत्वमा आईटी आर्मीको जिल्ला कमिटी पनि गठन भएको छ ।

“लुटु और भागु” प्रवृत्तिको विरुद्ध “रुकु और बदलु” सोचका साथ दृढतापूर्वक अगाडि बढ्ने विश्वाससहित नवगठित कमिटीका सम्पूर्ण सदस्यहरुलाई उनले हार्दिक बधाईसहित शुभकामना दिएका छन् ।