टोकियो ओलम्पिक : स्टार धाविका एलिसनले जितिन् अन्तिम दौडमा स्वर्ण | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : स्टार धाविका एलिसनले जितिन् अन्तिम दौडमा स्वर्ण

साँघुरिँदै चीन–अमेरिका पदक संख्या


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाकी स्टार धाविका एलिसन फेलिक्सले स्वर्ण पदकसहित ओलम्पिक खेल जीवनको अन्त्य गरेकी छन् । शनिबार भएको महिलाको ४ गुणा ४ सय मिटर रिलेमा अमेरिकाले स्वर्ण पदक जित्यो । पोल्यान्डले रजत र जमैकाले कास्य पदक जिते ।

३६ वर्षीय एलिसन सन् २००४ मा पहिलो पटक ओलम्पिकमा सहभागी हुँदै २ सय मिटरमा रजत पदक जितेकी थिइन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा उनले २ सय मिटरमा रजत पदक र ४ गुणा ४ सय मिटरमा स्वर्ण पदक जितेकी थिइन् ।

सन् २०१२ को लन्डन ओलम्पिकमा एलिसनले २ सय मिटरको स्वर्ण पदक जितेकी थिइन् । उक्त ओलम्पिकमा उनले दुवै रिलेमा स्वर्ण पदक जितेकी थिइन् । खेल जीवनको पिक फर्ममा रहेकी उनी सय मिटरमा पाँचौँ भएकी थिइन् । यस पछि ४ सय मिटरमा केन्द्रित उनले रियो ओलम्पिकमा दुवै रिलेमा स्वर्णका साथै ४ सय मिटरमा रजत पदक जितेकी थिइन् । सो ओलम्पिकमा एलिसनभन्दा अलि अघि रहेकी बहमासकी साउन ओ मिलरले फिनिसिङ लाइनमा डाइभ गर्दै स्वर्ण पदक जितेकी थिइन् ।

यस ओलम्पिकमा कमजोर प्रदर्शन गरी रहेको अमेरिकाले यो रिलेमा भिन्न विधाका सफल स्टार प्रयोग गरेको थियो । एङ्कर लेगमा ८ सय मिटरकी स्वर्ण पदक विजेता एथिङ मु थिइन् । पहिलो लेगमा ४ सय मिटर हर्डल्सकी स्वर्ण विजेता सिड्नी म्याकगलन र तेस्रो लेगमा अर्की हर्डल्स स्टार डालीया मुहम्मद रहेका थिए ।

त्यसो त अमेरिकाले पुरुषको ४ गुणा ४ सय मिटर रिलेको स्वर्ण जित्ने क्रममा हर्डल्सका स्टार राई बेन्जामिनलाई प्रयोग गरेको थियो । सो स्पर्धामा बहमासले रजत र जमैकाले कास्य पदक जिते ।

भारतका निरज चोपरा यस ओलम्पिकमा स्वर्ण पदक पाउने एक्लो दक्षिण एसियाली खेलाडी बनेका छन् । सन् २०१६ का युवा विश्व च्याम्पियन तथा जुनियर विश्व कीर्तिमान धारी निरज ओलम्पिकमा एकल स्पर्धामा स्वर्ण पदक पाउने दोस्रो भारतीय खेलाडी हुन् । यसअघि सन् २००८ मा सुटिङमा अरविन्द बिन्द्राले कास्य पदक पाए । चेक गणतन्त्रका ३८ वर्षीय ज्याकुब भाड्लेजेकले रजत र चेककै भिटेस्लाभ भेसेलीले कास्य पदक जिते ।
शनिबार बिहानै भएको महिला म्याराथन दौडमा केन्याका पेरेस जासे पेचौरले सफलता पाइन् । दोस्रो स्थानमा केन्याकै ब्रीड कोसेगाई रहिन् । अमेरिकी मोली साइडेलले कास्य पदक पाइन् ।

महिला १० हजार मिटर दौडमा नेदरल्यान्ड्सका सिफाना हसनले स्वर्ण, ब्रुनाइकी काल्कीदान केजाकेले रजत र इथोपियाका गिडे लेसनबेटले कास्य पदक जिते । हसनको यो ओलम्पिकमा दोस्रो स्वर्ण पदक हो । उनले ५ हजार मिटरमा स्वर्ण र १५ सय मिटरमा कास्य पदक जितेकी थिइन् ।
पुरुष १५ सय मिटर दौडमा नर्वेका ज्याकोब इन्गरबिस्टेनले स्वर्ण पदक पाए । केन्याका चारुयट टिमोथीले रजत र बेलायतका जोस केरले कास्य पदक पाए ।

महिला हाई जम्पमा रुसी ओलम्पिक कमिटीकी मारिया लासिटकेनेले स्वर्ण, अस्ट्रेलियाकी निकोलाई ड्यक मरिटले रजत र युक्रेनकी यारा स्लाभा मायागुचीले कास्य पदक जिते । बेसबलमा जापानले स्वर्ण अमेरिकाले रजत र डोमेनिक गणतन्त्रले कास्य पदक जिते ।

बास्केटबलको पुरुष स्पर्धामा अमेरिकाले स्वर्ण, फ्रान्सले रजत र अस्ट्रेलियाले कास्य पदक जिते । पहिलो खेलमा फ्रान्ससँग नै पराजित भएको अमेरिकाले फाइनलमा कठिन प्रतिस्पर्धामा ८७–८२ को जित हात पारेको हो । अमेरिकाको जितमा केभिन डुरान्टले २९ स्कोर गरे ।
सन् २०१२ र २०१६ को ओलम्पिकमा अमेरिकालाई जित दिलाउने क्रममा डुरान्टले फाइनलमा ३० स्कोर गरेका थिए । यी तीन वर्ट पटक स्वर्ण पदक जित्ने उनी टोलीका एक्लो सदस्य हुन् ।

प्रतियोगितामा कमजोर रूपमा प्रस्तुत भएको अमेरिका तयारी खेलमा पनि अस्ट्रेलियासँग पराजित भएपछि ड्रिम टिमको साख कायम रहने कुरामा आशङ्का थियो ।

बिच भलिबलको पुरुष स्पर्धामा नर्वेका मोल ए र सोरुम कुको जोडीले स्वर्ण पदक जितेको छ । कतारको सेरिफ र अहमदको जोडीले कास्य पदक जित्यो ।

बक्सिङको पुरुष फ्लाइ वेटमा फिलिपिन्सका पलाम कार्लोलाई हराउँदै बेलायतका गाफल गलालले कास्य पदक जिते । महिलाको फ्लाइ वेटमा टर्कीकी काकिरोगु बुसलाई हराउँदै बुल्गेरियाकी क्राटेभा स्टोकाभाले स्वर्ण पदक जितिन् ।

पुरुष मिडलवेटमा युक्रेनका खाजेनिक अलेक्जेन्डरलाई हराउँदै ब्राजिलका हबर्ट साउसाले स्वर्ण पदक जिते । चीनकी गु होङलाई पराजित गर्दै टर्कीकी सुरेमानेली बुसेल्ज पहिलो भइन् ।

महिला क्यानोई ५ सय मिटरमा चीनले स्वर्ण, यक्रेनले रजत र क्यानडाले कास्य पदक जिते । पुरुष क्यानोई हजार मिटरमा ब्राजिलका क्युरेज डास सान्टोसले स्वर्ण, चीनका लिउ हावोले रजत र माल्दोभाका सगेए तार्नोभोस्कीले कास्य जिते ।

महिला कायाक फोर ५ सय मिटर फाइनलमा हङ्गेरीले स्वर्ण, बेलारुसले रजत र पोल्यान्डले कास्य पदक जिते । पुरुष कायाक फोरमा जर्मनीले स्वर्ण, स्पेनले रजत र स्लोभाकियाले कास्य पदक पाए ।

साइक्लिङको पुरुष मेडिसिनमा डेनमार्कले स्वर्ण, बेलायतले रजत र फ्रान्सले कास्य पदक जिते । डाइभिङको पुरुष १० मिटर दौडमा चीनका काओ युवानले स्वर्ण, चीनकै याङ जियानले रजत र बेलायतका डेल थोमसले कास्य पदक जिते ।

गल्फको महिला स्पर्धामा अमेरिकाकी केली नोर्डाले स्वर्ण, जापानकी इनामी मोनले रजत र न्यु जिल्यान्डकी को लाडियाले कास्य दिक जिते ।
रिदमिक जिम्न्यास्टिकमा इजरायलकी लिनोई आस्रमले स्वर्ण, रुसी ओलम्पिक कमिटीकी डिना आभेरिनाले रजत र बुल्गेरियाकी एलिना हार्सनाकोले कास्य पदक जिते ।

महिला वाटर पोलोमा अमेरिकाले स्वर्ण, स्पेनले रजत र हङ्गेरीले कास्य पदक जिते ।

पुरुष पेन्टाथलनमा बेलायतका जोसेफ चोङले स्वर्ण, इजिप्टका अहमद यागेन्डीले रजत र कोरियाका जङ वोङटोङलेले कास्य पदक जिते
कुस्तीको ९७ किलो फ्री स्टाइलमा जापानका ओटुगुरो टाकुटोले स्वर्ण, अजरबैजानका अलियेभ हइजीले रजत तथा भारतका बजरङ्ग र रुसी ओलम्पिक कमिटीका रसिदोभ गाद्जिमुरादले कास्य पदक जिते ।

कुस्तीकै ९७ किलोमा रुसी ओलम्पिक कमिटीका सादेलेभ अब्दुसारीदले स्वर्ण, अमेरिकाका स्नाइडर फेड्रिकले रजत तथा इटालीका रुवानो कन्भे र क्युबाका सालास पेरेजले कास्य पदक जिते ।

कुस्तीको महिला ५० किलोमा जापानकी सुसाकी युइले स्वर्ण, चीनकी सुन याननले रजत तथा अमेरिकाकी साहरा हिल्डरब्रान्ट र अजरबैजानकी मारिया स्टाडिनीकले कास्य पदक जिते ।

कराँतेको ६१ किलोमाथि इजिप्टकी फरहेल अब्द जालले स्वर्ण, अजरबैजानकी आर्या अजरकेस्टाले रजत तथा काजकिस्तानका सोफिया बेरुल्तसेभा र चीनकी गोङ लीले कास्य पदक पाए ।

पुरुषको ७५ किलोमाथिको स्पर्धामा इरानका गन्जादेज सलादले स्वर्ण, साउदी अरेबियाका हामेदी तारेगले रजत तथा जापानका आरागा रुयाटारो र टर्कीका उगुर अक्तासले कास्य पदक जिते ।

इक्वेस्ट्रियनको टिम जम्पमा स्विडेनले स्वर्ण, अमेरिकाले रजत र बेल्जियमले कास्य पदक जिते । आर्टिस्टिक पौडीमा रुसी ओलम्पिक कमिटीले स्वर्ण, चीनले रजत र युक्रेनले कास्य पदक पाए ।
ह्यान्डबलको पुरुष स्पर्धामा फ्रान्सले स्वर्ण, डेनमार्कले रजत र स्पेनले कास्य पदक जिते ।

फुटबलमा ब्राजिल उपाधि रक्षा गर्न सफल भएको छ । फाइनलमा ब्राजिले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्पेनसँगको गोलमा विपक्षी गोलरक्षकले गल्ती गरेपछि ब्राजिलका माल्कमले १०८आँै मिनेटमा गोल गरे । यसअघि पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका लागि चुनाले र ६१औँ मिनेटमा स्पेनका लागि ओरायजालले गोल गरे । यसअघि जापानलाई हराउँदै मेक्सिकोले कास्य पदक जितिसकेको छ ।

पुरुष भलिबलमा फ्रान्सले स्वर्ण, रुसी ओलम्पिक कमिटीले रजत र अर्जेन्टिनाले कास्य पदक जिते । अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलको शुरूवातको दुई सेटमा फ्रान्सले जिते पनि रुसी टोली राम्रो कम ब्याक गर्दै त्यसपछिका दुई खेल जित्न सफल भएको हो । पाँचौँ सेटको जितसहित फ्रान्स स्वर्ण जित्न सफल भएको हो ।

शनिवारको खेल सकिँदा पहिलो स्थानमा रहेको चीनको ३८, अमेरिकाको ३६ तथा आयोजक जापानको २७ स्वर्ण पदक छ ।

–एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ४९ बजे

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार