बुवाको मुख हेर्ने दिनका लागि केही मनछुने स्टाटस् « Khabarhub

बुवाको मुख हेर्ने दिनका लागि केही मनछुने स्टाटस्



हरेक पिताको सबैभन्दा ठुलो चाहना भनेकै आफ्नी छोरी सधै मुस्कुराएको हेर्ने हुन्छ ।

एक पुत्रले आफ्नो पिताको प्रेम तबसम्म बुझ्दैन जबसम्म उ स्वयम् पिता बन्दैन ।

आमा बिना घर शुन्य हुन्छ, अनि बुवा बिना जीन्दगी ।

जीÞन्दगी जीउनुको मजा त पितासंग मागेको सिक्कामा थियो, आफ्नो कमाईको नोटले त केवल घरखर्च चल्छ ।

जब पिताले मुस्कुराएर सन्तानलाई हेर्छन, त्यहि नै विश्वको सबैभन्दा ठुलो खुसी हो ।

हरेक छोरीकालागि उनको बुवा सुपरम्यान हुन्, जो हरेक काम गर्न सक्छन् ।

एक पिता आफ्नालागी सबैभन्दा क्रुर हुन्, उनि सबै आफ्ना खुसीको हत्या गर्न सक्छन् ।

हरेक छोरीको भाग्यमा एक पिता हुन्छन्, तर हरेक पिताको भाग्यमा छोरी हुदैँनन् ।

सपना मेरो हो, तर त्यसलाई पुरा गर्न दिनरात जसले मेहनत गर्याे त्यो म होइन, मेरो बुवा हुनुहुन्थ्यो ।

पिता त्यो अनमोल सम्बन्ध हो जसको रिसमा प्रेम र गालीमा आफ्नोपन भेटिन्छ ।

यो दुनियाँ पैसाले चल्छ हजुर, तर त्यहि पैसा कमाउने चाहिँ मेरो बुवा हुनुहुन्छ ।

भाग्यमानी हुन् ती जसको शिरमा पिताको हात हुन्छ, पिता नहुनेहरु त धनले पनि गरीब छन् ।

बिहान म उठ्नु अघि जाने र राती म निदाएपछि आउने मेरो बुवा मेरो खुसी किन्न दिन रात काममा हराउनु हुन्छ ।

तलब त अहिले मेरो पनि आउँछ तर इच्छा पुरा गर्न बुवाको कमाईले मात्र सम्भव थियो ।

एक पिता र छोराबीच गहिरो प्रेम हुन्छ । बुवाले बताउन सक्दैनन् छोराले महशुस गर्न सक्दैन । तर जब बुझ्छन् तबसम्म धेरै ढिलो भइसहेको हुन्छ ।

विश्वको धनी मानिस पनि आफ्नो माता पिता बिना गरीब सरह हुन्छ ।

पिता नीमको रुख जस्तो जसको बोली तितो भएपनि उदेश्य हाम्रो भलाई नै हुन्छ ।

मेरो घमण्ड, मेरा साहस, मेरी इज्जत, मेरा सम्मान, मेरो शक्ति, मेरी पूँजी, मेरो पहिचान हो मेरो बुवा ।

जो आफ्नो सारा दुःख लुकाएर आफ्नो सन्तानको इच्छा पुरा गर्छ उ केवल एक पिता हुनसक्छ ।

माता–पिताको आवश्यकता जती हामीलाई बालापन हुन्छ, हाम्रो त्यति नै आवश्यकता उहाँहरुलाई बुढेशकालमा हुन्छ ।

एक पिता सय भन्दा बढि शिक्षक बराबर हुन्छन् । – जर्ज हरबर्ट

जो कहिल्यै आफ्नो प्रेम बदल्दैनन् ती हाम्रा आमाबुवा हुन् ।

पिता परमात्माको दोस्रो रुप हो ।

मेरो पिताको काँध भन्दा अग्लो स्थान अर्काे कुनै छैन ।

दुनियाको दुई असम्भव काम आमाको ममता र पिताको क्षमताको अनुमान गर्न सक्नु हो ।

एक पिता सय पुत्रमा शाषित गर्न पर्याप्त छन् तर सय पुत्र पिताकालागि होइन ।

कहिले हासो त कहिले अनुशासन हो पिता, कहिले मौन त कहिले भाषण हो पिता, आमा घरको भान्सा हुन् भने घरको रासन हुन् पिता ।

निन्द्रा आफ्नो भुलाएर हामिलाई सुताउने, आशु आफ्नो खसाएर हामीलाई हसाउने, भोकै आफु बसेर हामीलाई अघाउने केवल मातापिता हुन् ।

मेरालागि सबैभन्दा महत्वपुर्ण कुरा म एक पिता हुँ, यो भन्दा अरु केही महत्वपुर्ण छैन ।

एक पिता आफ्ना सन्तानको अनुशासनको सबैभन्दा ठुलो गुरु हुन् ।

जब आमाले गाली गर्थिन्, तब पछाडीबाट हसाउने मेरो बुवा हुनुहुन्थ्यो ।

बुबाको मुख हेर्ने दिन तपाईंलाई काम लाग्ने ३५ स्टाटस 

बा, तिमीलाई कसले बनायो ? 

पिता नभएकालाई सोध, बुबाको महत्त्व के हो ? 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ०५ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का