कुशे औंशीमा आमेशको ‘बाबा’ « Khabarhub

कुशे औंशीमा आमेशको ‘बाबा’


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता आमेश भण्डारीले दिवंगत पिता लकी भण्डारीको सम्झनामा ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका छन् । कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर मंगलबार उनले गीत सार्वजनिक गरेका हुन् ।

गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियोमा आमेश, निर्देशक शोभित बस्नेत र बाल कलाकार अवश्य भण्डारी फिचर्ड छन् । शोभितले आमेशको पिताको भूमिका निर्वाह गर्दा अवश्यले आमेशको बाल्यकालको चरित्र निभाएका छन् ।

आमेशको पिताको यसै वर्ष निधन भएको थियो । गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन् । गीतका शब्द निकै मर्मस्पर्शी छन् । भिडियोमा पिता र सन्तानबीचको भावनात्मक सम्बन्धलाई निकै मनछुने ढंगबाट देखाइएको छ ।

सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा संकल्प भुजेलको छायांकन, दिन्सन शाहको सम्पादन र कलर, करिश्मा केसीको आर्ट डिरेक्सन, केवलमान सिंह बस्नेतको प्रोडक्सन र सलोन बस्नेतको क्रिएटिभ हेड छ ।

आमेशले यसअघि ‘मेरो लागि तिमी’, ‘रुम नम्बर १०८’ गीत पनि गाइसकेका छन् । ‘फूलै फूलको मौसम तिमीलाई’ बाट नायकको रुपमा डेब्यू गरेका उनले ‘तँ म र ऊ’ र ‘मेला’ चलचित्रमा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : २३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल