कुशे औंशीमा आमेशको ‘बाबा’ « Khabarhub

कुशे औंशीमा आमेशको ‘बाबा’


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता आमेश भण्डारीले दिवंगत पिता लकी भण्डारीको सम्झनामा ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका छन् । कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर मंगलबार उनले गीत सार्वजनिक गरेका हुन् ।

गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियोमा आमेश, निर्देशक शोभित बस्नेत र बाल कलाकार अवश्य भण्डारी फिचर्ड छन् । शोभितले आमेशको पिताको भूमिका निर्वाह गर्दा अवश्यले आमेशको बाल्यकालको चरित्र निभाएका छन् ।

आमेशको पिताको यसै वर्ष निधन भएको थियो । गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन् । गीतका शब्द निकै मर्मस्पर्शी छन् । भिडियोमा पिता र सन्तानबीचको भावनात्मक सम्बन्धलाई निकै मनछुने ढंगबाट देखाइएको छ ।

सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा संकल्प भुजेलको छायांकन, दिन्सन शाहको सम्पादन र कलर, करिश्मा केसीको आर्ट डिरेक्सन, केवलमान सिंह बस्नेतको प्रोडक्सन र सलोन बस्नेतको क्रिएटिभ हेड छ ।

आमेशले यसअघि ‘मेरो लागि तिमी’, ‘रुम नम्बर १०८’ गीत पनि गाइसकेका छन् । ‘फूलै फूलको मौसम तिमीलाई’ बाट नायकको रुपमा डेब्यू गरेका उनले ‘तँ म र ऊ’ र ‘मेला’ चलचित्रमा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : २३ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने