एमालेले बोलायो संसदीय दलको बैठक « Khabarhub

एमालेले बोलायो संसदीय दलको बैठक


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि (बुधबार) बिहान ९ बजेलाई बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बुधबार संसद् अधिवेशन आह्वान भएपछि संसद बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचिब तामाङले जानकारी दिए ।

एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासित आक्रोशित छ भने सत्ता गठबन्धन दलले नेकपा एमाले विभाजन गर्नकै लागि राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्दै आइरहेको छ।

एमालेको उक्त प्रतिक्रिया संसद बैठक सुचारु हुन नदिने संकेत देखिएको छ ।

गत साउन ३२ गते सरकारले संसदको अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : ३२ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण