राष्ट्रियता जोगाउनबाट चुक्यो देउवा सरकार : ओली « Khabarhub

राष्ट्रियता जोगाउनबाट चुक्यो देउवा सरकार : ओली


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले राष्ट्रियता जोगाउन नसकेको बताएका छन् ।

उनले नेपालको राष्ट्रियता जोगाउने बेलामा देउवा सरकार मौन बसेको आरोप लगाए ।

पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतीय हेलिकोप्टर नेपाली भूमिमाथि अनुमति बिनै उड्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको बरु राष्ट्रियताको खबरदारी गर्दा नबोल्न भन्दै दबाब दिने गरेको आरोप लगाए ।

ओलीले भने, ‘नेपालको आकाशमा भारतीय हेलिकोप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन ।’

बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

उनले अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको बताए ।

उनले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’

ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाए ।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ ।’

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ०० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण