कोरोनाले रोकिएन मेला « Khabarhub

कोरोनाले रोकिएन मेला


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायम रहेको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ कार्यालय र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले एक साताअघि नै सूचना जारी गरेर मेला स्थगित गरिएको घोषणा गरे ।

विभिन्न सञ्चारमाध्यमबाट यो सूचनाको प्रचारप्रसार पनि भयो । कोरोना जोखिम फैलन सक्ने त्रासले सोमबार रातिदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । मन्दिरसँगै रहेको महानगरीय प्रहरी प्रभाग गोकर्ण मेलामा भक्तजन भेला हुन नदिन बिहान चार बजे नै नाका नाकामा पुग्यो । महानगरीय प्रहरी वृत्त बौद्धबाट सयौँको सङ्ख्यामा थप मद्दत आएपनि मेला रोकिएन ।

सनातनदेखिको परम्परा अनुसार देशका विभिन्न भागबाट हजारौँ मानिस मन्दिर क्षेत्रमा प्रवेश गरे । टाढा टाढाबाट आएका भक्तजनको अवस्थालाई ध्यान दिँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मेला सञ्चालन गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालन गरिएको भने पनि विभिन्न जिल्लाबाट बस, ट्रक, मिनीबस, माइक्रोबसलगायत साधन रिजर्भ गरेर आएका भक्तजनले मास्कसमेत लगाएका छैनन् । मेलाकै कारण जोरपाटीबाट गोकर्ण जाने सडक जाम छ । कोरोनाअघि जस्तो भक्तजन नभएपनि भीडभाड बढेको छ ।

गोकर्णेश्वर महादेव मन्दिरमाथिको वाग्मती किनारमै श्रद्धा भक्तिपूर्वक तर्पण, पिण्डदान गर्ने भक्तजनको पनि लाम छ । वाग्मती किनारको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ नयाँगाउँका कृष्णमुरारी श्रेष्ठ पिताको निधन भएदेखि भाद्रकृष्ण औँसीका दिन प्रत्येक वर्ष नदी किनारमा श्राद्ध गर्छन् ।

यसरी कुल परम्परा अनुसार पितृप्रति श्रद्धा भक्ति प्रकट गर्नेको लाम सुन्दरीजलसम्म नै लागेको छ । तिथिका दिन विधिपूर्वक घरमै पितृप्रति श्रद्धा भक्ति प्रकट गर्ने गरेको श्रेष्ठ बताउँछन् ।

आजको दिन गोकर्णेश्वर क्षेत्रमा गरिने दिवंगत पितृप्रतिको श्रद्धा जीवनकालमा एकपटक वैदिक सनातन धर्मावलम्बीले अनिवार्यरुपमा गर्छन् । देशभरका वैदिक सनातन धर्मावलम्बी जीवनकालमा एकपटक भाद्रकृष्ण औँसीका दिन श्राद्ध गर्न आउँछन् ।

पिता हुने सन्तानले भने घर घरमा मीठा मीठा खानेकुरा खान र राम्रन कपडा लगाउन दिएर श्रद्धा भक्तिपूर्वक यो पर्व मनाइरहेका छन् । जन्म दिने पितालाई देवता समान मानिन्छ । यसैले वैदिक ग्रन्थमा ‘पितृदेवो भव’ भनी उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ०५ बजे

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक