निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव | Khabarhub Khabarhub

निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गरे ।

“हामीले खोजेको सुशासन हो । त्यो कसरी प्राप्त गर्नेमा कर्मचारी हुनुपर्दछ”, उनले भने, “कर्मचारीले कानूनले बन्देज गरेका काम गर्न हुँदैन ।” मुख्यसचिव बैरागीले निजामती कर्मचारी आलोचित हुने गरेको जनाउँदै आलोचनालाई चिर्दै आफ्नो कामलाई सदाचारिता र इमान्दारिताका साथ गर्नुपर्ने भनाइ राखे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले जनता र कर्मचारीबीच देखिएको खाडल हटाउनुपर्ने बताए । उहाँले निजामती सेवा ऐन कार्यान्वयन भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन गरिने जानकारी दिए ।  उहाँका अनुसार अहिले एक लाख ३९ हजार १९८ दरबन्दी रहेकामा एक लाख नौ हजार ५०८ सेवारत छन् ।

निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोला पोखरेलले कर्मचारीलाई उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउन माग गरे ।  पूर्वकर्मचारी सेवा परिषद्का कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईंले संविधानमा पूर्वराष्ट्रसेवक कर्मचारीको ज्ञान, क्षमतालाई उपयोग गर्ने भनेता पनि सरकारले अझै नगरेको गुनासो गरे ।

मुख्य सचिव बैरागीले सो अवसरमा विसं २०७६ र २०७७ मा घोषणा गरिएका निजामती सेवा पुरस्कार वितरण गर्नु भएथियो । सरकारले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गर्दै आइरहेको छ । यस्तै निबन्ध र हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो । यसवर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन । सरकारले यसवर्ष दिवसको नारा ‘व्यावसायिक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान