निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव « Khabarhub

निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गरे ।

“हामीले खोजेको सुशासन हो । त्यो कसरी प्राप्त गर्नेमा कर्मचारी हुनुपर्दछ”, उनले भने, “कर्मचारीले कानूनले बन्देज गरेका काम गर्न हुँदैन ।” मुख्यसचिव बैरागीले निजामती कर्मचारी आलोचित हुने गरेको जनाउँदै आलोचनालाई चिर्दै आफ्नो कामलाई सदाचारिता र इमान्दारिताका साथ गर्नुपर्ने भनाइ राखे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले जनता र कर्मचारीबीच देखिएको खाडल हटाउनुपर्ने बताए । उहाँले निजामती सेवा ऐन कार्यान्वयन भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन गरिने जानकारी दिए ।  उहाँका अनुसार अहिले एक लाख ३९ हजार १९८ दरबन्दी रहेकामा एक लाख नौ हजार ५०८ सेवारत छन् ।

निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोला पोखरेलले कर्मचारीलाई उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउन माग गरे ।  पूर्वकर्मचारी सेवा परिषद्का कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईंले संविधानमा पूर्वराष्ट्रसेवक कर्मचारीको ज्ञान, क्षमतालाई उपयोग गर्ने भनेता पनि सरकारले अझै नगरेको गुनासो गरे ।

मुख्य सचिव बैरागीले सो अवसरमा विसं २०७६ र २०७७ मा घोषणा गरिएका निजामती सेवा पुरस्कार वितरण गर्नु भएथियो । सरकारले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गर्दै आइरहेको छ । यस्तै निबन्ध र हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो । यसवर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन । सरकारले यसवर्ष दिवसको नारा ‘व्यावसायिक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको