खोटाङमा ११ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत « Khabarhub

खोटाङमा ११ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा नेकपा एमालेबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । एमालेका जिल्ला समन्वय समिति प्रमुख, जिल्ला समन्वय समितिका दुई सदस्य, एक वडाध्यक्ष र सात वडासदस्यले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेसँगै निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि मंगलबारसम्मको समय सीमा दिएको थियो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की र रञ्जना राई, बराहपोखरी गाउँपालिका-४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । यस्तै बराहपोखरी गाउँपालिका-५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडा सदस्य हरिबहादुर राई, केपिलासगढी गाउँपालिका-३ बासपानीका शिवकुमार राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडा सदस्य रामकुमार बस्नेतले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नयाँ दल रोजेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ३६ वडाध्यक्षमध्ये एक जनाले मात्र एकीकृत समाजवादी रोजेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र प्रदेशसभा सांसद उषाकला राई एमालेमै रहेका छन् ।

उता प्रदेशसभा सदस्य राजन राईले मात्र एकीकृत समाजवादी रोजेका छन् । चाम्लिङ एमालेको जिल्ला अध्यक्ष छाडेर एकीकृत समाजवादीको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ५५ बजे

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा