भीम रावलको गृह जिल्ला अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत « Khabarhub

भीम रावलको गृह जिल्ला अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा २७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद, साँफेबगर नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, चौरपाटी गाउँपालिका वडा नम्बर-३ गगुडका अध्यक्ष रामबहादुर साउँद, वडा नम्बर-४ पायलका वडा अध्यक्ष हर्क लोहराले समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्दप्रकास थारुले जानकारी दिए।

यस्तै साँफेबगर कार्यपालिका सदस्य जयन्ति वोगटी, जीतबहादुर निशानी, चौरपाटी कार्यपालिका सदस्य जीतबहादुर निशानी, नौ जना खुल्ला सदस्य, पाँच जना दलित सदस्य र पाँच जना महिला सदस्यले समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत थारुले जानकारी दिए।

अछामको साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमा आज सकिएको छ ।

अछाम नेकपा एसका अध्यक्ष माधव नेपाललाई साथ दिँदा दिँदै अन्तिम समयमा एमाले अध्यक्ष ओली पक्षमा लागेका भीम रावलको गृह जिल्ला हो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ३१ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण