महाधिवेशनको नारा : ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ « Khabarhub

महाधिवेशनको नारा : ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो ।

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

उक्त कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका विषयमा ‘समूहगत छलफल’ गरिने छन् । ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको र कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने उनले बताए ।

प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरता क्रममा ‘नेपाली कांग्रेस वृहत सूचना सञ्जाल’ गठन गरिएको छ । पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा सरिक सबैलाई सङ्गठित गर्दै सञ्जाल कार्यक्रमको आचारसंहितासमेत पारित गरिएको विभागले जनाएको छ ।

विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई दिपेश विष्टको संयोजकत्वमा सूचना सञ्जालको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।

यस्ता छन् कांग्रेस बैठकका निर्णय

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ०१ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म