टाटा मोटर्सको 'अल्ट्रोज बिएस ६ एक्सएम प्लस' नेपालमा आज लञ्च गरिँदै, मूल्य कति ? | Khabarhub Khabarhub

टाटा मोटर्सको ‘अल्ट्रोज बिएस ६ एक्सएम प्लस’ नेपालमा आज लञ्च गरिँदै, मूल्य कति ?


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा आज लन्च गर्ने भएको छ । कम्पनीले घटस्थापनाको दिन पारेर गाडी सार्वजनिक गर्न लागेको हो ।

नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू रहेको र यसबाट ग्राहकहरू  खुसी हुने कम्पनीको दाबी छ ।

यसमा भएको एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति प्रदान गर्ने जनाइएको छ ।

स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील तथा रिमोट फोल्डेबल चाबी यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिने कम्पनीको विश्वास छ ।

‘यात्राको क्रममा आनन्द र सहजताको खोजीमा सबै हुन्छन्, जसलाई अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले पूरा गरिदिनेछ’, कम्पनीले भनेको छ ।

अल्ट्रोजको एक्सएमप्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुने जनाइएको छ । यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्ने दाबी गरिएको छ ।

पेट्रोल पावरट्रे्नमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लसमा पाइनेछ । यी सुविधाबाट लाभान्वित ग्राहकहरूका लागि अर्को महत्वपूर्ण फाइदा सूपथ सुपथ मूल्य पनि रहेको छ ।

सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोसँग सबैको ध्यान खिचेको कम्पनीले जनाएको छ ।

अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पाँचतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको कम्पनीले बताएको छ ।

अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ३१ बजे

माधव नेपालको प्रतिवेदन : वाम एकता सम्भव नभएको निष्कर्ष (पूर्णपाठसहित) 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  राजनीतिक प्रतिवेदन

उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट, २ जेठमा सुनुवाइ हुने 

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र  यादवले सर्वोच्च अदालतमा

यो हप्ता भित्र सरकार बिस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यो हप्ता भित्रै सरकार

संसद्को अवरोध खोल्ने सभामुखको कोसिस, देउवा र गृहमन्त्रीसँग छलफल 

काठमाडौँ– नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन्