टाटा मोटर्सको ‘अल्ट्रोज बिएस ६ एक्सएम प्लस’ नेपालमा आज लञ्च गरिँदै, मूल्य कति ? « Khabarhub

टाटा मोटर्सको ‘अल्ट्रोज बिएस ६ एक्सएम प्लस’ नेपालमा आज लञ्च गरिँदै, मूल्य कति ?


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा आज लन्च गर्ने भएको छ । कम्पनीले घटस्थापनाको दिन पारेर गाडी सार्वजनिक गर्न लागेको हो ।

नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू रहेको र यसबाट ग्राहकहरू  खुसी हुने कम्पनीको दाबी छ ।

यसमा भएको एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति प्रदान गर्ने जनाइएको छ ।

स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील तथा रिमोट फोल्डेबल चाबी यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिने कम्पनीको विश्वास छ ।

‘यात्राको क्रममा आनन्द र सहजताको खोजीमा सबै हुन्छन्, जसलाई अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले पूरा गरिदिनेछ’, कम्पनीले भनेको छ ।

अल्ट्रोजको एक्सएमप्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुने जनाइएको छ । यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्ने दाबी गरिएको छ ।

पेट्रोल पावरट्रे्नमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लसमा पाइनेछ । यी सुविधाबाट लाभान्वित ग्राहकहरूका लागि अर्को महत्वपूर्ण फाइदा सूपथ सुपथ मूल्य पनि रहेको छ ।

सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोसँग सबैको ध्यान खिचेको कम्पनीले जनाएको छ ।

अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पाँचतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको कम्पनीले बताएको छ ।

अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ३१ बजे

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा

पहिचान जोगाउन होमस्टे सञ्चालन

भजनी– थारू समुदायको पहिचानसहितको  कला, संस्कृति तथा मौलिकताको संरक्षण र

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको

यस्तो छ, लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि