बन्दुक देखाइ गरगहना लुटपाट « Khabarhub

बन्दुक देखाइ गरगहना लुटपाट


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ बजे घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन् ।

लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ ।

घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ११ : ०५ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार