दशैँसँगै महँगी बढ्यो, बजारमा बढेन रौनक « Khabarhub

दशैँसँगै महँगी बढ्यो, बजारमा बढेन रौनक


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- आजबाट दशैँ सुरु भएको छ । दशैँ शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ ।

विगत दुई वर्ष अघिसम्म दशैँ सुरु हुनुभन्दा १५/२० दिन अघिदेखि नै भीडभाड लाग्ने म्याग्दीको सदरमुकाम बेनी बजारका पसलमा दशैँ सुरु भइसक्दा पनि कुनै रौनक नदेखिएको व्यापारी बताउँछन् । कोरोना भाइरस सङ्क्रमणको त्रास र आम उपभोक्तासँग आम्दानी कम भएकाले अत्यावश्यक सामानबाहेक अन्य सामान खरिद गर्नेको सङ्ख्या कम भएपछि व्यापार बढ्न नसकेको व्यापारीको भनाइ छ ।

सधैँ भीडभाड हुने न्यूरोड, इन्द्रणी टोल, क्याम्पस चोक, पिपलचोक, कालीपुल, सङ्गमचोक र बालमन्दिर चोकलगायत जिल्लाका ग्रामीण बजारमा सामान किनमेल गर्ने ग्राहकको सङ्ख्या अझै बढ्न सकेको छैन । दशैँ आइसक्दासमेत खासै व्यापार बढ्न नसकेको व्यापारी बताउँछन् । रेडक्रस मार्गको कपडा पसलका सञ्चालक प्रकाश सापकोटाले यो वर्ष खासै लत्ताकपडाको कारोबार बढ्न नसकेको बताए । “दशैँको बेला अन्य मौसमको तुलनामा दोब्बर/तेब्बर कारोबार हुने गरेको थियो”, उनले भने, “यो वर्ष नयाँ कपडा नआएको र कोभिडका कारणले गर्दा आम मानिससँग आम्दानी कम हुँदा आवश्यक पर्नेले मात्र सामान किन्ने गरेकाले पनि व्यापार राम्रो छैन ।”

व्यवसायीका अनुसार एक वर्षमा हुने कारोबारमध्ये दशैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दशैँमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढने गर्दथ्यो । तर यो वर्ष व्यापार सामान्य भए पनि विगतका वर्षको अनुपातमा हुन नसकेको सापकोटाले जानकारी दिए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अनुसार बेनीमा करिब दुई हजार पसल दर्ता भएका छन् । चाडपर्वको बेला खाद्यवस्तु, सवारीसाधनदेखि लत्ताकपडाको व्यापार यतिबेला बढी हुनेगर्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्यले पनि यो वर्ष दशैँको सामान किनमेल गर्नेको खासै चहलपहल नबढेको बताए ।  दशैँमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ताकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने व्यापारीले बताएका छन्। कोभिडका कारण गतवर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपाली भने केही व्यापार भइरहेको व्यवसायीको भनाइ छ ।

चाडबाडमा कारोबार राम्रो हुने भए पनि कपडाको भाउ महँङ्गिएको व्यवसायीको भनाइ छ। गतवर्ष दुई हजार हाराहारीमा पाइने कपडा यस पटक दुई हजार ५०० सम्म पर्ने बेनी पिपलचोकका व्यवसायी निर्मल खत्रीले बताइन् । यो वर्ष बजारमा अधिकांश सामानको मूल्य बढेको उनको भनाइ छ । समयमै सामान आइनपुगेको र लागत मूल्य नै महँगो परेकाले मूल्य बढ्न गएको व्यापारी बताउँछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : ५९ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा