यस वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने « Khabarhub

यस वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ।

कोरोनाको महामारीको कारणले यसवर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने कांग्रेसले आज विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन।’

कांग्रेसले खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित हुने सबैको कर्तव्य भएको जनाएको छ ।

‘महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : ५५ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन