मेरी क्युरीको सफलता « Khabarhub

मेरी क्युरीको सफलता


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोल्याण्डमा जन्मिएकी मेरी क्युरी (मान्या स्क्लोदोवस्का) दुईवटा नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्रै महिला हुन् । उनले भौतिक तथा रसायन शास्त्रमा नोबेल पुरस्कार जितिन् ।

जब उनी १६ वर्षकी थिइन् तब उनकी आमाको मृत्यु भयो । त्यसपछि उनका बाबुको ब्यापार पनि टाट पल्टियो । उनले धेरै मुश्किलहरुको सामना गर्नुपर्‍यो । सौभाग्यवश उनको भेट पियरे क्युरीसँग भयो र दुवैले विवाह गरे । सोरबनमा पि.एच.डी.को अनुसन्धान गर्ने क्रममा उनले २ वटा नयाँ तत्व रेडियम र पोलोनियम पत्ता लगाइन् ।

उनले जीवनभर आफ्नो ज्यान जोखिममा राखेर प्रयोग गर्दै रहिन् । उनलाई विकिरणको प्रभाव ज्यादै नराम्रो हुन्छ भन्ने थाहा थियो । यसको बाबजुद आफ्नो गर्भावस्थामा पनि उनले विकिरणको खताको बिचमा काम गरिरहिन् ।

पुरुषप्रधान समाजमा सफल हुनलाई महिलाले कयौँ बाधा र पूर्वाग्रहको सामना गर्नुपर्छ । मेरी क्युरीले रेडियमलाई पत्ता लगाइन् तर महिलाले यस्तो खोज गर्न सक्छन् भन्ने कुरा आम मानिसले विश्वास गर्दैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले आफ्ना पतिको साथ नोबेल पुरस्कार बाँड्नुपर्‍यो ।

त्यसपछि सोरबनमा उनका पतिलाई प्रोफेसर बनाइयो भने मेरीलाई उनको सहायक । सन् १९०६ मा उनको पतिको मृत्युपछि मेरीलाई पियरेको पद त दिइयो तर प्रोफेसरको पूरै दर्जा भने दिइएन । उनलाई लेक्चरर र प्रयोगशालाको प्रमुख त बनाइयो तर विभाग प्रमुख बनाइएन । अन्नतः १९०८ मा उनलाई पूरै प्रोफेसर पदको नियुक्ति दिइयो । मेरी क्युरीको जीवन एक महान् जीवन थियो । उनको जस्तो मेहनत र साहस भए मान्छेले धेरै कुरा गर्न सक्छ ।

साभारः ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : १५ बजे

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम