प्रेरक प्रसंगः असम्भव केही छैन « Khabarhub

प्रेरक प्रसंगः असम्भव केही छैन


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपोलियन आफ्ना सेना अल्पस पर्वतको बाटोबाट लिएर जान चाहन्थे र बाटो खोज्नको लागि उनी आफै पहाडको बेंशीमा आएका थिए । त्यहाँ एउटी वृद्धा थिइन् । नेपोलियनले उनीसँग बाटोको बारेमा जानकारी लिनको लागि कुरा गर्न थाले तब ती वृद्धाले भनिन्— मूर्ख तिमी जस्ता धेरै मूर्खले यो दुर्गम पहाड चढ्ने प्रयासमा आफ्नो ज्यान गुमाएका छन् । विनाकारण मर्नुको कुनै फाइदा छैन । फर्केर जाउ ।

नेपोलियन मुस्कुराए र भने, आमा राम्रो भयो कि तपाईंले मलाई कठिनाइको बारेमा सतर्क गराउनुभयो । यसले मेरो हौसला अझ बढ्यो र धेरै बुद्धिमानीले काम लिन मैले पाठ सिकेँ । तपाईंको कृपाले म यो पहाड एक दिन अवश्य पार गरेरै छोड्छु ।

वृद्धा दङ्ग भइन् र सोचिन्, खतरालाई यस्तो चुनौती दिने मानिस कुनै साधारण व्यक्ति हुनसक्दैन । उनले आशीर्वाद दिइन् र भनिन्, साहसी मानिसको लागि यो संसारमा कुनै काम असम्भव हुँदैन ।

नेपोलियन अल्पस पर्वत पार गर्नमा सफल भए । तर उनले ती वृद्धाको यो संवाद समय समयमा याद गरिरहे, साहसी मानिसको लागि संसारमा कुनै काम असम्भव हुँदैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३० बजे

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम