प्रेरक प्रसंगः असम्भव केही छैन « Khabarhub

प्रेरक प्रसंगः असम्भव केही छैन


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपोलियन आफ्ना सेना अल्पस पर्वतको बाटोबाट लिएर जान चाहन्थे र बाटो खोज्नको लागि उनी आफै पहाडको बेंशीमा आएका थिए । त्यहाँ एउटी वृद्धा थिइन् । नेपोलियनले उनीसँग बाटोको बारेमा जानकारी लिनको लागि कुरा गर्न थाले तब ती वृद्धाले भनिन्— मूर्ख तिमी जस्ता धेरै मूर्खले यो दुर्गम पहाड चढ्ने प्रयासमा आफ्नो ज्यान गुमाएका छन् । विनाकारण मर्नुको कुनै फाइदा छैन । फर्केर जाउ ।

नेपोलियन मुस्कुराए र भने, आमा राम्रो भयो कि तपाईंले मलाई कठिनाइको बारेमा सतर्क गराउनुभयो । यसले मेरो हौसला अझ बढ्यो र धेरै बुद्धिमानीले काम लिन मैले पाठ सिकेँ । तपाईंको कृपाले म यो पहाड एक दिन अवश्य पार गरेरै छोड्छु ।

वृद्धा दङ्ग भइन् र सोचिन्, खतरालाई यस्तो चुनौती दिने मानिस कुनै साधारण व्यक्ति हुनसक्दैन । उनले आशीर्वाद दिइन् र भनिन्, साहसी मानिसको लागि यो संसारमा कुनै काम असम्भव हुँदैन ।

नेपोलियन अल्पस पर्वत पार गर्नमा सफल भए । तर उनले ती वृद्धाको यो संवाद समय समयमा याद गरिरहे, साहसी मानिसको लागि संसारमा कुनै काम असम्भव हुँदैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३० बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा